राजनीति

एमालेले मन्त्री बनाउदा पैसा खाएको प्रमाणीत, ईमान्दार साँंसद शाहीले उही आरोपमा पदबाट दिए राजीनामा !

सुर्खेत । मन्त्री बन्न नपाएको भन्दै सांसद चन्द्रबहादुर शाहीले आफ्नो पदबाट राजिनामा दिएका छन् । साँसद शाहीले एमालेले पैसा हुनेलाई खरीद गरी मन्त्री बनाएको आरोप लगाउदै राजीनामा दिएका छन् ।

मुगु प्रदेश (ख) बाट प्रत्यक्ष निर्वाचित भएका सांसद शाहीले प्रदेश नं. ६ को मन्त्रिमण्डल विस्तारप्रति असन्तुष्टि जनाउँदै आइतबार राजिनामा दिएका छन्। साँसद शाही एमालेका ईमान्दार छबि बनाएका नेता भएपनि प्रदेश नम्ब ६ मा मन्त्री नहुंदा बिच्किएको एमालेका एक नेताले नाम नभन्ने सर्तमा सुर्यखबरलाई बताए ।

एमाले प्रदेश नं. ६ का संसदीयदलका नेता यामलाल कँडेलले पार्टीका तर्फबाट प्रदेश सरकारमा सहभागी हुने मन्त्री पठाउँदा आफूलाई अन्याय गरेकाले राजिनामा दिएको सांसद शाहीले बताए ।

आइतबार विस्तार भएको मन्त्रिमण्डलमा आफू निकट तथा पार्टीमा योगदान नगरेकालाई मन्त्री बनाएर चरम गुटगत राजनीति गरेकाले त्यसविरुद्ध आफ्नो राजिनामा आएको सांसद शाहीको भनाइ छ ।

संसदबाट मात्र नभएर पार्टीबाट पनि राजीनामा दिने सांसद शाहीले बताए । प्रदेश नं. ६ को प्रदेश सांसद भएकाले सांसदको राजिनामा प्रदेशमा नै दिएको हुँ, एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्यसमेत भएकाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै राजिनामा बुझाउन काठमाडौँ पुगेको छु” सांसद शाहीले भने ।