शिक्षा

बालभित्ते पत्रिका लेखन प्रतियोगिता सम्पन्न

लहान । बाल क्लबस्तरीय बालभित्ते पत्रिका लेखन प्रतियोगिता सप्तरीको सुरुङ्गा नगरपालिकामा सम्पन्न भएको छ ।

कारितास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक केन्द्र सप्तरीले जिल्लाका विभिन्न २७ वटा बाल क्लबमा आवद्ध बालबिालिकाबीच बालभित्ते पत्रिका लेखन प्रतियोगिता गराएको हो ।

सुरुङ्गा नगरपालिकास्थित मोतिलाल माविमा आयोजित बालभित्ते पत्रिका लेखन प्रतियोगितामा नवज्योति बाल क्लब कुशहा–८ प्रथम भएको छ भने सनराइज बाल क्लब हरिपुर–५ द्धितीय र भबिष्य निर्माण बाल क्लब मधुपट्टी–४ तृतीय भएको आयोजकले जनाएको छ । यस्तै सरस्वती बाल क्लब कुशहा–५ सान्त्वना भएको छ ।

प्रतियोगितापश्चात श्रीपुर्राज सामुदायिक केन्द्र सप्तरीका अध्यक्ष सुखीलाल चौधरी, पत्रकार राजु विश्वकर्मा, समाजसेवी रामभरोसी चौधरीलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

बालभित्ते पत्रिका प्रकाशन गर्दै आएका बाल क्लब पदाधिकारीहरुलाई थप दक्षता वृद्धि गर्नुका साथै पत्रिकालाई प्रतिस्पर्धी बनाउने उद्देश्यले बालभित्ते पत्रिका लेखन प्रतियोगिता गराइएको श्रीपुर्राज सामुदायिक केन्द्र सप्तरीका कार्यक्रम संयोजक शारदा चौधरीले जानकारी दिए ।