मनोरञ्जन

बेलायतपछि चर्चित कार्यक्रम “को बन्छ करोडपति” ल्याउने नेपाल १६१ औं मुलुक

प्रशिद्ध  । टेलिभिजन कार्यक्रम  who wants to be a millionaire को आधिकारिक लाईसन्स प्राप्त गरेको को बन्छ करोडपति कार्यक्रम नेपालमा प्रसारण हुने समय नजिकिँदैछ कार्यक्रम एपि वन टेलिभिजनमा एस आर भि एन मिडियाको सह प्रयोजनमा आउन लागेको हो ।

उक्त कार्यक्रम नेपालका माहानायक राजेश हमाल प्रस्तोताको रुपमा आउने छन् । यस कार्यक्रम दर्ता शुरुहुनुअघि नै मोबाइलमा एप्प डाउनलोड गरेर टेलिभिजनमा जस्तै खेल्न सकिने बनाइएको छ । कार्यक्रम नेपालको टेलिभिजनकै इतिहासमा पहिलो पटक आएको हो । .who wants to be a millionaire कार्यक्रम भारतमा मात्रै ४ वटा भाषामा प्रसारण हुने गरेको छ । अमिताभ बच्चनले संचालन गर्ने “कौन बनेगा करोडपति” नामक कार्यक्रम त्यहाँ लोकप्रीय समेत छ । अब नेपालमा पनि यस कार्यक्रम छिट्टै सञ्चालन हुने भएको छ ।  who wants to be a millionaire कार्यक्रम प्रसाणमा ल्याउने नेपाल १६१ औं मुलुक भएको छ । बेलायतमा सन् ४ सेप्टेम्बर १९९८ मा सुरु भएको  who wants to be a millionaire  को नेपाली सँस्करणको बन्छ करोडपति हो । कार्यक्रम डेडि ब्रिग्स, माईक ह्वाईटहिल र स्टेभेन नाईट गरी तीनजनाले शुरुवाती गरेका थिए ।

यस कार्यक्रमले टेलिभिजन प्रति मानिसको सोचलाई नै परिवर्तन गरि उपयोगात्मकता ल्याउने सोच आयोजक एनआरबिन मिडियाका कार्यकारी अधिकृत बिपिन कुमार आचार्यको छ । खेलको सहयोगको लागि तिनौ लाइफ लाइन पनि उपलब्ध गराइने छ । कार्यक्रमको तयारिका लागि आफ्नो मोबाइलको एप स्टोरमा गएर के बि सि नेपाल एप डाउनलोड गरि त्यसमा भएका प्रश्न उत्तर अध्ययन गर्न सकिने छ । kbc नेपाल ‘एप’ खोल्दा पनि खेल्नेहरुले रकम र पुरस्कार जित्न सक्ने ब्यवस्ता मिलाईएको छ । प्रशिक्षार्थी पत्रकार पुरुशोत्तम पौडेल