आर्थिक

नवलपरासीमा प्रधान कार्यालय राख्ने त्रिलोक पहिलो वित्तीय संस्था

नवलपरासी । नवलपरासी (बर्दघाट—सुस्ता पश्चिम) जिल्लामा प्रधान कार्यालय राखेर त्रिलोक लघुवित्त वित्तीय संस्थाले कारोबार सञ्चालन गरेको छ ।

सुनवल ४ मा प्रधान कार्यालय राखी स्थापना भएको त्रिलोक यस जिल्लामै प्रधान कार्यालय रहेको पहिलो वित्तीय संस्था बन्न पुगेको छ ।

यो वित्तीय संस्थाले नवलपरासी, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की र तनहुँ गरी १० जिल्लामा सेवा प्रवाह गर्ने लक्ष्य लिएको संस्थाका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र न्यौपानेले जानकारी दिए।

बिना धितो गरिब र विपन्न समुदायमा सहुलियत ऋण उपलब्ध गराउने उद्देश्यसहित यो संस्थाले कारोबार अघि बढाएको छ ।

यो संस्थाको तीन करोड एक लाख चुक्ता पुँजी रहेको छ ।