आर्थिक

थर्मोकोल प्रविधिद्वारा खानेपानी ट्यांकी उत्पादन

विराटनगर । उच्चस्तरीय थर्मोकोल प्रविधि अपनाएर यहाँको एक उद्योगले खानेपानी ट्यांकी (वाटर ट्यांक) को उत्पादन शुरु गरेको छ ।

मोरङको बूढीगंगा गाउँपालिकास्थित टंकीसिनवारीमा सञ्चालित जानकी पोलीट्यांक इण्डष्ट्रिज प्रालिले थर्मोकोल प्रविधि अपनाएर वाटर ट्यांक उत्पादन गरेको हो । यस्तो ट्यांकीमा पानीको तापक्रम घटबढ नभई नियन्त्रणमा रहने गर्छ ।

उद्योग सञ्चालक लक्ष्मी चौधरीकाअनुसार थर्मोकोल प्रविधिका कारण पानी गमी मौसममा चिसो र जाडोको मौसममा तातो रहन्छ ।

नेपालमा सर्वप्रथम उत्पादित सो ट्यांकीको मोटाइ १५ देखि २० एमएम रहेको छ । ट्यांकी बिक्रीका लागि बजारमा ल्याइएको छ ।

सो उद्योगले बलो ट्यांकी (त्रिपल लेयर) समेत बजारमा ल्याएको छ । यो ट्यांकी नफुट्ने उद्योगको दाबी छ ।