साहित्य

लम्सालको ‘पेनाल’ महाकाव्य विमोचित

काठमाडौँ । साहित्यकार देवेन्द्र लम्सालद्वारा रचित ‘पेनाल’ महाकाव्यको नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शुक्रबार विमोचन गरेका छन्।

स्याङ्जा साहित्य परिषद्को आयोजनामा परिषद्का अध्यक्ष डा महेश्वर शर्मा पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्राध्यापम डा सुकुम शर्माले महाकाव्यकारको कृतित्व र व्यक्तित्व तथा समीक्षकद्वय ईश्वरचन्द्र ज्ञवाली र देवी सुवेदीले विमोचित महाकाव्यबारे टिप्पणी गरेका थिए।

विसं २०११ मा स्याङ्जाको ज्याग्दी खोलामा जन्मेका लम्सालको यो आठौँ सिर्जनात्मक कृति हो ।स्याङ्जा ज्याग्दी खोला क्षेत्रमा करीव साढे तीन दशकसम्म शैक्षिक जागरणमा बिताएका लम्साल जनप्रिय माविका पूर्वप्रधानाध्यापक र जनप्रिय माविको संस्थापक प्राचार्य हुन् ।