आर्थिक

आर्थिक समृद्धिको दिशामा नयाँ सरकार– चेम्बर

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नेकपा९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएकाप्रति खुशी व्यक्त गर्दै मुलुकमा आर्थिक समृद्धिको मार्गप्रशस्त हुने विश्वास व्यक्त गरेको छ ।

चेम्बरद्वारा आज जारी प्रेस विज्ञप्तिमा नवनिर्वाचित प्रधानमन्त्री ओलीको नेतृत्वमा बनेको सरकारले अबको एजेन्डा आर्थिक समृद्धिलाई बनाउने विश्वास लिइएको गरिएको गरेका छन् ।

राजनीतिक संक्रमणकाल समाप्त भएसँगै मुलुक आर्थिक समृद्धितर्फ अग्रसर हुने विश्वास चेम्बरले लिएको उल्लेख गर्दै विकासशील मुलुकका रुपमा रहेको देशलाई विकशित राष्ट्रको दर्जामा पु¥याउने महाअभियानमा नयाँ सरकार लागिपर्ने स्पष्ट पारेको छ ।

गरिबी, बेरोजगारी हटाउनेतर्फ सरकार तत्पर भएर लाग्ने भन्दै चेम्बरले आर्थिक समृद्धिका लागि नयाँ सरकारसँग मिलेर जान आफूहरु तत्पर रहेको पनि जनाएको छ ।

लगानीको वातावरण बनाउनेतर्फ नयाँ सरकार लाग्ने उल्लेख गर्दै चेम्बरले निजी क्षेत्रसँग सहकार्य गरेर नयाँ सरकार अगाडि बढ्न विशेष आग्रहसमेत गरेको छ ।