राजनीति

देउवा केहिबेरमा निजी निवास सर्ने तयारीमा

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट आज निजी निवास सर्दै छन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिहीबार नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा निजी निवास सर्न लागेका हुन् ।

गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाली काँग्रेसका सभापति देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्दै आएका थिए । उनी केहिबेरमा बूढानीलकण्ठस्थित निजी निवास सर्न लागेको उनका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिए।