पु.समाचार

जिल्ला प्रहरी कार्यालय इलामको भवन आइजीपी अर्यालद्वारा उद्घाटन

मंगलबारे, इलाम । जिल्ला प्रहरी कार्यालय, इलामको नवनिर्मित भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन गरेका हुन्।

विसं २०७२÷७३ देखि पहिलो चरणमा निर्माण कार्य शुरु गरिएको भवन उद्घाटन भएको हो भने दोस्रो चरणमा पुनः अर्को भवन निर्माण भइरहेको छ । पहिलो चरणअन्तर्गत निर्मित भवनमा साना–ठूला गरी २२ वटा कोठा रहेका छन् । यसको अनुमानित लागत रु चार करोड ५१ लाख ४७ हजार ६१८ रहेको इलामका प्रहरी प्रमुख विपिनकुमार कर्माचार्यले जानकारी दिए ।

दोस्रो चरणमा रु चार करोड पाँच लाख ९० हजार ८३९ को लागतमा भवन निर्माण हुने बताइएको छ । पुराना भवनहरु साना तथा साँघुरा भएका र गत २०७२ सालमा आएको भूकम्पका कारण क्षति पुगेपछि नयाँ भवन निर्माण गरिएको हो ।