पु.समाचार

सिडिओको सबै काम सहायक सिडिओले सम्हाल्छन् !

दमौली, तनहुँ । तनहुँ जिल्ला एक महिनादेखि प्रमुख जिल्ला अधिकारीविहीन बनेको छ । तत्कालीन प्रजिअ रितेशकुमार शाक्य गत पुस २८ गते सरुवा भई राष्ट्रिय सतर्कता केन्द्र, काठमाडौँतर्फ लागेपछि तनहुँ जिल्ला प्रजिअविहीन भएको हो ।

प्रजिअविहीन हुँदा जिल्ला प्रशासन कार्यालयबाट हेरिने केही सार्वजनिक अपराध र हातहतियार खरखजाना, कालोबजारसम्बन्धी मुद्दाको फैसला गर्ने कार्य प्रभावित हुँदै आएको बताइएको छ । यतिबेला निमित्त प्रजिअको भरमा जिल्ला प्रशासन कार्य सञ्चालन हुँदै आएको छ । सहायक प्रजिअ तुलसीराम पौडेलले निमित्तका रुपमा गर्ने सबै काम आफूले गरिरहेको बताए ।

केही सार्वजनिक अपराध, हातहतियार तथा खरखजाना, कालोबजारसम्बन्धी मुद्दाको फैसला गर्न भने समस्या परेको बताइएको छ । सेवाग्राहीका कुनै पनि काम नरोकिएको दाबी सहायक प्रजिअ पौडेलले गरे । निमित्तले गर्न मिल्ने जति सबै काम आफूले गरिरहेको उनले बताए । नयाँ प्रजिअका रुपमा कहाँबाट को आउने हो भन्नृ जिल्ला प्रशासन कार्यालयसमेत अनभिज्ञता प्रकट गरिरहेको छ । आर्थिक क्षेत्रको कारोबार र राहतका कार्यक्रम नरोकिएको सहायक प्रजिअ पौडेलले बताए ।

केही वर्षअघि प्रजिअ नहुँदा भूपू सैनिकको सिफारिश रोकिँदै आएको थियो । पछिल्ला वर्षमा पेन्सन क्याम्पसँग समन्वय गरी त्यस्ता सिफारिशहरु प्रजिअ नहुँदा निमित्त प्रजिअले समेत गर्नसक्ने व्यवस्था मिलाएकाले यसपटक त्यस्तो समस्या नरहेको दाबी सहायक प्रजिअ पौडेलको छ । तनहुँ जस्तो जिल्लालाई एक महिनादेखि प्रजिअविहीन बनाएर राख्नु राज्यको गैरजिम्मेवारीपन भएको तनहुँवासी बताउँछन् ।