समाचार

नवनिर्वाचित सांसदलाई सम्मान

पोखरा । प्रेस सेन्टर नेपाल कास्कीले नवनिर्वाचित प्रदेशसभा एवम् प्रतिनिधिसभा सदस्यलाई आज सम्मान ग¥यो । प्रेस सेन्टर कास्कीद्वारा आयोजित सम्मान तथा वनभोज कार्यक्रमका अवसरमा प्रदेशसभा सदस्यहरू गायत्री गुरुङ, रामजी बराल र दीपक कोइरालाका साथै प्रतिनिधिसभा सदस्य दुर्गा विकलाई सम्मान गरिएको हो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) कास्कीका इन्चार्ज राजकाजी गुरुङ (करण)ले जनताको अभिमतलाई आत्मसात गरी काम गर्न नवनिर्वाचित सांसदलाई आग्रह गरे ।

संघीयताबाट राजनीतिक अधिकार प्रत्यायोजन भएको बताउँदै उनले देशलाई समृद्धिको मार्गमा लैजान वामगठबन्धलाई अपूर्व अवसर आएको उल्लेख गरे ।

वरिष्ठ पत्रकार एवम् राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष कोमलनाथ बरालले युद्ध पत्रकारितामा कलम चलाउने सञ्चारकर्मी संगठित बन्दै प्रेस सेन्टरको स्थापना भएको बताउँदै जनपक्षीय पत्रकारिता र उक्त समयका भोगाइबारे आफ्ना धारणा राखे ।