खेलकुद

क्यानडाले नेपाललाई १९५ रनको चुनौती दियो

काठमाडौँ । नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुई को अन्तिम लिग खेलमा क्यानडाले नेपाललाई १९५ रनको चुनौती दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १९४ रनको योगफल बनायो ।

क्यानडाको लागि सुरुवाती व्याट्सम्यान श्रीमन्था विजेयरत्नेले सतकीय प्रहार गरे । १५२ बल प्रहार गरेका उनले ८ चौकाको मद्वतमा अजिजित १०३ रन जोडेका हुन् । यसअघि नामिबियाविरुद्ध पहिलो खेल खेल्दा विजेयरत्नेले आठ रन मात्र बनाएका थिए ।

त्यस्तै क्यानडाको अर्का व्याट्सम्यान हम्जा तारिकले २४ रन तथा सादविन जाफरले १० रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ वसन्त रेग्मीले तीन विकेट लिए भने सन्दिप लामिछानेले २ तथा शरद भेषावकरले र करण केसीले एक एक विकेट लिए । प्रतियोगिताको शीर्ष दुई स्थानमा रहँदै वान डे विश्व कप छनोट खेल्न दुवै टोलीका लागि आजको जित महत्वपूर्ण छ ।