आर्थिक

सिटिजन्सद्वारा बेबीलाईफ होमलाई आर्थिक सहयोग

काठमाण्डौ । “योर पार्टनर फरप्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत सिटिजन्स बैंकले आर्थिक सहयोग गरेको छ । जनताको घरदैलोमा बैंकिंग सेवापुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनलले करिब एक दशकदेखि एच .आई भी संक्रमितअबोध बालबालिकालाई लालनपालन, स्वास्थ्यउपचार, शिक्षा, मनोरंजन प्रदानगर्दै आएको बेबीलाईफ होमलाई रू एक लाखपचास हजारको आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले आफ्नो एघारौ बार्षिक उत्सवको उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

एक भब्यकार्यक्रमबीच बैंक का प्रमुखकार्यकारी अधिकृत  राजन सिंह भण्डारीको समुपस्थितिमा रू एकलाख पचास हजारको चेक संस्था का  संचालक राजकुमार पुनलाई हस्तान्तरण गरिएको छ । बेबीलाईफ होममा रहेका २३ जना एच .आई भी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका संचालक राजकुमार पुनले जानकारी दिए ।

कार्यक्रमलाई सँबोेधनगर्ने क्रममा बैंकका प्रमुखकार्यकारी अधिकृत भण्डारीले बालबालिकाको मनोबल बढाउने कुरा अभिव्यक्त गरे ।यसै प्रसङ्गमा बोल्दै उनले बालबालिकालाई सुखमामा तिन र दुःखमा नआतिन भनि बालबालिकालाई हौसला प्रदान गरेका थिए ।

हरेकवर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणकालागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकमहस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा उपस्थित बालबालिकाहरुले बैंकले गरेको यस्तो सहयोगले उनीहरुको अन्धकारमय जीवनमा सिटिजन्स बैंक प्रगति र उन्नतिको प्रकाश बनेर आएको कुरा व्यक्तगर्दै खुशियाली जाहेर गरेका थिए । उक्त समारोहमा बेबीलाईफ होमको छात्राबासमा उज्यालो भबिष्यका निम्ति अहोरात्र खोजीमा रहेका बालबालिकाहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तूत गरेका थिए ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्वकार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत  राजन सिंह भण्डारीले जानकारी गराएका छन् ।