समाचार

ब्यूरोद्वारा लागु औषध एम्पुलहरुसहित २ जना पक्राउ

काठमाण्डौ । लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले आईतबार दुईजना मानिसहरुलाई पक्राउ गरेको छ । आईतबार मकवानपुर, थाहा नगरपालीका वडा नं.१२ घर भएका बर्ष ४० को बा.२ ज.२०५२ नम्बरको ट्याक्सी चालक सोमनाथ गोले र जिल्ला धादिङ खनियाबास गाउँपालिका वडा नं. ४ घर भएका वर्ष ३२ को कमल भन्ने फुल बहादुर तामाङलाई नियन्त्रित लिएको छ ।

उनीहरुलाई लागु औषध बुप्रिनर्फिन १३५ एम्पूल, डाईजेपाम १४० एम्पूलर फेनारगन १३६एम्पूल गरी जम्मा ४११ (चार सय एघार) एम्पूल सहित जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २८ पुरानो बसपार्क स्थित सडक किनारबाट उक्त ट्याक्सी सहित पक्राउ गरी निजहरु उपर आवश्यक अनुसन्धान कार्य भई रहेको नेपाल प्रहरीको लागू ओषध नियन्त्रण ब्यूराले जनाएको छ । ।