सूचना प्रविधि

हिम इलेक्ट्रोनिक्सको सामसङ्ग मोबाइल कार्निभल

काठमाडौं । हिम इलेक्ट्रोनिक्स अन्तर्गत संचालित सामसङ्ग प्लाजामा मोबाइल एक्सचेञ्ज मेला संचालन भईरहेको छ । फेब्रुअरी ८ देखि १८ सम्म चल्ने यो कार्निभलमा कुनै पनि ब्रान्डका पुरानो मोवाइलसँग सामसङ्गका नयाँ र आधुनिक प्रविधिको स्मार्ट फोनहरु एक्सचेञ्ज गर्न सक्नेछन् ।

हालको मितिसम्म २ हजार भन्दा बढि मोवाइल सेटहरु एक्सचेञ्ज भईसकेका छन् । यो मेला उपत्यकाभर फैलिएका ७ वटा सामसङ्ग प्लाजाहरुमा संचालन भईरहेको छ ।

मेलामा एक्सचेञ्ज गर्न आएका एक ग्राहकले भन्नुभयो ’यस्तो किसिमको कार्निभलले म जस्ता पुराना मोबाइल साट्नु पर्ने अबस्था आएकालाई सामसुङको नयाँ टेक्नोलोजीको स्मार्ट फोन किन्ने अबसर जुराई दिएको छ ।’

हिम इलेक्ट्रोनिक्सका निर्देशक सिमा गोल्छाले कार्निभलको शुभारम्भ गर्दै भनिन् “हामी यस्ता किसिमका अबसर हाम्रा ग्राहक महानुभावहरुलाई उपलब्ध गराउँदै जानेछौँ । साथै यसमा सहभागी हुनुहुनेहरु प्रति कृतज्ञ हुनेछौँ ।

यो एउटा यस्तो अवसर हो, जहाँ कुनैपनि ब्रान्डको पुराना मोबाइल सेटलाई नयाँ सामसुङको स्मार्ट फोनसँग एक्सचेञ्ज गर्न सक्नुहुने छ । मलाई आशा छ यो कार्निभलले हाम्रा ग्राहकको मुहारमा केही भएपनि खुसी ल्याउने छ ।”