पु.समाचार

धानुकको सरुवा पश्चात, काठमाण्डौ परिसरमा पोखरेल प्रमुख

काठमाडौँ । महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुखका रुपमा वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले आजदेखि कार्यभार सम्हालेका छन् ।

प्रहरी प्रधान कार्यालयले यसअघिका परिसरका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकको आइतबार सरुवा गर्दै उनको ठाउँमा पोखरेललाई ल्याएको थियो । पोख्रेल यसभन्दा अगाडि समेत काठमाण्डौ परिसरका प्रमुख बनेका थिए । नरम स्वभाबका पोख्रेल प्रहरीबृतमा मनपराएपनि शान्तीसुरक्षामा प्रभाबकारी काम हुन नसक्ने सुरक्षाबिदहरु बिश्लेशष गर्छन् ।

आजदेखि परिसरमा हाजिर गरेको र कानूनको कार्यान्वयनलाई आफूले प्राथमिकतामा राख्ने उनले बताए । शान्ति सुव्यवस्था कायम गरी राजधानीवासीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन आफूले सक्दो पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।