मनोरञ्जन

पूर्वेली गीतको क्यासेट सार्वजनिक

काठमाडौँ । गायिका बबिना किराँतीको आवाजमा ‘माथि माथि हिमाली भेग्मा’ बोलको पूर्वेली गीतको क्यासेट यहाँ सार्वजनिक गरिएको छ ।

विदेश गएका नेपालीको कथाव्यथालाई समावेश गरिएको सो गीतमा सङ्गीतकार डी आर अतुको शब्द तथा संगीत रहेको छ । माया, प्रेम र परदेशीको कथालाई समावेश गरिएको अत्यन्त फरक धारको गीत भएको कारणले पनि बजार पाउने गायिका किराँतीको भनाइ छ ।

निर्देशक युवराज वाइवाको निर्देशन र उत्सव दाहालको छायाङ्कन तथा निशान घिमिरेको सम्पादन रहेको उक्त गीतको भिडियोमा गायिका स्वयम् बबिना किराँती र आशीष मगरलाइ देख्न सकिन्छ ।