राजनीति

डा. देउवाले भनिन्, ‘मलाई कान्तिपुरले गम्भीर अपराधी लारीसँग जोडेर चरित्र हत्या गर्यो’

काठमाण्डौ । प्रधानमन्त्री पत्नी समेत रहेकी नेपाली काँग्रेसकी नेतृ डा. आरजु देउवाले कान्तिपुरमा प्रकाशित भएको समाचारप्रति बिरोध जनाएकी छन् । फगुण ६ गते२०७४ मा प्रकाशित भएको एभ्रेष्ट होटलका मालिक लारीसँग जोडेर आफ्नो नाम राखिएको प्रति बिरोध जनाउदै डा. देउवाले फेसबुक मार्फत बिरोध जनाएकी हुन् ।  उनले फेसबुकमा पोष्ट गरेको केहिबेरमा नै कार्यकर्ता तथा समर्थकहरुका लाईक असँख्य कमेन्ट आईरहेका छन् ।

लारीलाई चरेश काण्डमा नेपाल प्रहरीको सीआईबीले पक्राउ परेपछि डा. देउवाको नाम जोडेर समाचार प्रकाशित भएपछि उक्त समाचारको खण्डन स्वरुप उक्त अभिब्यक्ती आएको हो ।

उनले चरेश जस्तो लागुपदार्थ र अपराधिक कृयाकलापसँग जोडिएका ब्यक्तीसंग मेरो सँबन्ध जोडेर आफ्नो चरित्र हत्या गर्न खोजेको बताउदै यसो भनेकि छन् ।

‘कान्तिपुर पब्लिकेसन्सद्वारा प्रकाशित नेपाल राष्ट्रिय साप्ताहिकको ६ फागुन, २०७४ को अंक २७ मा ‘लाचार लारी’ विषयक समाचारमा चरेश जस्तो लागुपदार्थ र आपराधिक क्रियाकलापमा मुछिएका मसकुर अहमद लारी सँग मेरो सम्बन्ध देखाएर चरित्रहत्या गर्न खोजेकोमा घोर निन्दा गर्दछु । उक्त झुटो, गैरजिम्मेवार र कुनियत राखेर छापेको समाचारको घोर भर्त्सना गर्दछु ।’

 

डा. देउवाले कान्तिपुरमा आएको समाचारको बिषयमा गरेको खण्डन