समाचार

डा वाग्लेद्वारा खानेपानी आयोजनाको शिलान्यास

गोरखा। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले गोरखाको शहीदलखन गाउँपालिका–६ घैरुङमा खानेपानी आयोजनाको शिलान्यास गरेका छन् । रु ६ करोड ७६ लाख लगानीमा तीन वर्षभित्र निर्माण सक्ने गरी आयोजना निर्माण कार्य शनिबारदेखि अघि बढेको हो ।

खानेपानीको अभाव रहेको घैरुङका चार सय घरधुरीमा घरघरै खानेपानी पु¥याउन आयोजना निर्माण गर्न लागिएको हो । करङखोलाबाट लिफ्टिङ गरी गाउँसम्म खानेपानी ल्याइनेछ । आयोजना शिलान्यास गर्दै डा वाग्लेले योजनाका कामहरु दु्रत गतिमा अघि बढाएमा बजेट अभाव नहुने प्रतिबद्धता व्यक्त गरे । आयोजना निर्माण गर्न योजना आयोगबाट रु एक करोड बजेट आइसकेको छ ।

कूल लागतको २० प्रतिशत उपभोक्ताले जनश्रमदान गर्नुपर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख रत्नप्रसाद लामिछानेले बताए । तीन ठाउँमा ट्यांकी बनाएर खोलाको पानी पहाडको टुप्पोमा रहेको घैरुङ गाउँसम्म ल्याउने योजनाअनुसार आयोजना निर्माण शुरु गरिएको वडाध्यक्ष दिलीपनारायण थापाले बताए ।