राजनीति

बलियो कांग्रेसका लागि सशक्त नेविसंघ अभियानको टोली पाँचथरमा

फिदिम, पाँचथर । पछिल्लो राजनीतिक घटनाक्रमसंगै नेविसंघले पार्टी बलियो बनाउनका लागि मेची-महाकाली अभियान थालेको छ। स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा इतिहासकै लज्जास्पद क्षती व्यहोरेको कांग्रेसलाई आगामी दिनमा सशक्त बनाउन र पुनःर्जीवन दिनका लागि नेविसंघका विद्यार्थीहरु मेची-महाकाली अभियानमा जुटेका छन्।

निर्वाचनमा व्यहोरेको क्षेतिलाई नेविसंघका केन्द्रीय नेतृत्वहरु निर्वाचन पश्चात अनामनगरमा बसेको बृहत् भेलावाट निस्किएको निचोड अनुसार, बलियो कांग्रेसका लागि, सशक्त नेविसंघ भन्ने मुल नारालाई लिएर नेविसंघ केन्द्रीय उपाध्यक्ष नवीन राई, केन्द्रीय सदस्यहरु, पवन नेपाली, भोला नेपाल र चेत बहादुर मगर, जनप्रशासन क्याम्पस स्ववियु सचिव संदेश आचर्य सहितको टोलि प्रदेश नं.१का विद्यार्थीहरु माझ पुग्ने क्रममा क्रममा पाँचथरमा छन् ।

नेविसंघ पांचथरमा आयोजित बृहत भेटघाटमा नेपाली कांग्रेस पांचथर सभापति नरेन्द्र कुमार केरुङ्गले युवा बिद्यार्थीहरुको संगठन मजबुद बनाउने उद्येश्यले गरेको देशदौडाहा कार्यक्रम समय सान्दर्भिक हुनुका साथै अहिलेको आवश्यता रहेको कुरा बताए । साथै सभापति केरुगंले टिमलाई हृदय देखि स्वागत र समर्थन गर्दै नेविसंघ पांचथरलाई यस अभियानमा सरिक भएर नेपाली कांग्रेसलाई बलियो बनाउन आव्हान समेत गरे।

भीडभाडका साथ सम्पन्न उक्त कार्यक्रममा पांचथर नेविसंघ कार्यवाहक सभापति राजेन्द्र राईको सभापतित्वमा सन्चालित कार्यक्रमको संचालन प्रदिप भण्डारीले गरेका थिए।

देशदौडाका नेबिसंघका नेताहरुसंग स्थानीय बिद्यार्थीहरु सामूहिक तस्विर खिचाउदै । तस्विर/संदेश