खेलकुद

काठमाडौंलाई ७ स्वर्ण

काठमाण्डौ । आमन्त्रित जित कुण्डो प्रतियोगितामा काठमाडौंले शनिबार सर्वाधिक ७ स्वर्ण जितेको छ । काठमाडौंका लागि सुजन राई, राजन मग्रान्ती, निरन खत्री, नितेश श्रेष्ठ, प्रकाश रिमाल, सुजेश भण्डारी र सिर्जना राईले आ–आफ्नो स्पर्धामा स्वर्ण जिते ।
सिन्धुपाल्चोकलाई अरुण माझी, मन्जु दनुवार र उर्मिला दनुवारले स्वर्ण दिलाए । नुवाकोटबाट १ मात्र स्वर्ण जित्नेमा विक्रम थापा रहे ।
नेपाल जित कुण्डो संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा सरोज लामिछाने र महिलामा सिर्जना राई उत्कृष्ट खेलाडी चुनिए । एकदिने प्रतियोगितामा पुरुषमा ८ र महिलामा ३ गरी ११ स्पर्धामा ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।