आर्थिक

एनआईबिएल क्यापिटल र एस क्यापिटलकोएकिकृत कारोवार शुरु

काठमाण्डौ । एनआईबिएल क्यापिटल मार्केट्स र एस क्यापिटल गाभिने भएका छन् । एक आपसमागाभ्ने÷गाभिने (मर्जर) सम्बन्धमा कार्तिक २३ गते भएको सहमतीपत्र बमोजिम दुवै कम्पनीको मंसिर २९ गते सम्पन्न छट्टाछुट्टै विशेष साधारण सभाको निर्णय बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयबाट माघ ११ गते स्वीकृति प्राप्त भएको आधारमा शनिबारबाट एनआईबिएल एस क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोवार सञ्चालन भएको छ ।

मर्जर पश्चात यस कम्पनीको चुक्ता पूंजी २७ करोड हुने र हालसम्मकै सवैभन्दा बढि चुक्ता पूंजीभएको धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर), १ लाख ४२ हजार भन्दा वढि हितग्राहीखाता, ४ वटा शाखाकार्यालयहरु (थप ३ वटा खुल्ने क्रममा रहेको) र ३८ वटा कम्पनीको शेयर रजिष्ट्रार कार्य मार्फत करिब १० लाख शेयरधनीहरुलाई सेवाप्रदानहुने भएकोले यस सहकार्य पश्चातहालगर्दै आएको मर्चेन्ट बैंकिङ व्यवसायमा सकारात्मक असर पर्नुको अतिरिक्तहालको सेवाहरु अझ सुदृढ र सशक्त रुपमाविस्तार गर्दै नेपालीबजारमाआफ्नो विशिष्ट पहिचानवनाउन सकिने विश्वास हामीले लिएका छौं ।

यस एकिकृत कारोवारलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपले सहयोग पुर्याउने कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि., सिडिएस एण्ड क्लियरिङ लि. लगायत नेपालइन्भेष्टमेन्ट बैंक लि., एनआईबिएल क्यापिटल मार्केट्स र एस क्यापिटल को सञ्चालक समितितथाकर्मचारीहरुलाई धन्यबाद समेत ब्यक्त गरेको छ ।