पर्यटन/संस्कृति

लिफ्टसहितको होटल सञ्चालनमा

पाल्पा । सदरमुकाम तानसेनमा सुविधा सम्पन्न लिफ्ट प्रविधि जडानसहितको होटल सञ्चालनमा आएको छ ।

तानसेनको टुँडिडखेल मैदान नजिकै मुक्ति जिसीले रु १६ करोडको लगानीमा होटल ताज सञ्चालनमा ल्याएका हुन् । तानसेन आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि अत्याधुनिक सेवा सुविधासहितको होटल नहुँदा बास बस्नकै लागि यहाँबाट पोखरा र बुटवल फर्कन बाध्य हुने गरेका थिए । जिल्लामै पर्यटकलाई बास बस्ने र यहाँको पर्यटकीय क्षेत्रको अवलोकन गराउने उद्देश्यले होटल सञ्चालन गरेको जिसी बताउछन् ।

होटलमा फरक पहिचान र फरक स्वाद सेवा सुविधाको व्यवस्थापन गरिएको व्यवस्थापक देवेन्द्र खड्काले बताए । उक्त होटलमा सुविधा सम्पन्न १५ कोठाको व्यवस्था छ । होटलबाट ५० जनालाई रोजगार मिलेको छ । तानसेनमा झण्डै आधादर्जन भन्दा बढी ठूला लगानीका होटल सञ्चालनमा आएका छन् । रानीमहल दरबार, एशियाकै ठूलो त्रिशूल रहेको भैरवस्थान मन्दिर, पाल्पादरबार संग्रहालय, शीतल हावा प्रदान गर्ने मनोरम श्रीनगरडाँडा लगायतका दर्जनौँ पर्यटकीयस्थल रहेकाले पनि पाल्पा पर्यटकको आकर्षणको केन्द्र बन्न पुगेको छ ।