समाचार

प्रदेश सांसद र पत्रकार सम्मानित

लहान । मुसहर समुदायको उत्थानमा योगदान पु¥याएको भन्दै नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीले एक कार्यक्रमकाबीच प्रदेश सांसद तथा पत्रकारलाई सम्मान गरेको छ ।
नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीले खडक नगरपालिका– ८ बिसनपुरमा अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजना गरी प्रदेश सांसद गोविन्द न्यौपाने, रुबी कर्ण, दिलीप साह र फुलियादेवी सदा, पत्रकार राजु विश्वकर्मा, भोला पासवान, माला कर्ण, धु्रवकुमार मण्डल, समाजसेवी तथा राजनीतिकर्मी सुरेन्द्रप्रसाद विश्वकर्मा, एयुब राईन, बुद्धिजीवी नथुनी विश्वकर्मा लगायतलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।

मुसहर संघ सप्तरीका अध्यक्ष बद्री सदाको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व सभासद् तथा नेकपा (माओवादी केन्द्र)का नेता असर्फी सदाले राज्यको हरेक तहमा मुसहर जातीको सम्मानजनक सहभागिता हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश सांसद तथा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य दिलिप साहले प्रतिष्पर्धात्मक समाजबाद नै नेपालको लागि उपयुक्त हुने बताउँदै राज्यमा सबै वर्गको सम्मानजनक सहभागिताको लागि अझै संघर्षको आवश्यकता रहेको बताए ।