मनोरञ्जन

अनमोलको चलचित्र ‘कृ’, भीडभाडसहित प्रदर्शनमा

काठमाण्डौ । बर्ष २०७४ कै सर्वाधिक प्रतिक्षित मानिएको फिल्म ‘कृ शुक्रबारबाट प्रदर्शनमा आएको छ । युवा स्टार अनमोल केसी करिब २ बर्षपछि पर्दामा आउँदा उनको फिल्मलाई लिएर दर्शक तथा फिल्म चिन्तक अनि फिल्मकर्मीमा निकै चासो र उत्साह बढेको थियो । रिलिजको ओपनिङ ‘डे’ फिल्मको बिजनेस कस्तो रह्यो धेरैमा चासोको विषय हुनसक्छ ।

राजधानीका मल्टिप्लेक्स सहित केहि सिंगल स्कृन हाउसफुल बन्दा कतै विहानीको शो सर्वाधिक सफल बन्यो त कतै दिवा ‘शो’ मा दर्शकको भिड देखियो । फिल्मले शुक्रबार देशभर ६० प्रतिशत आसपासको ओपनिङ अकुपेन्सी कायम गरेको छ ।

चाबहिल स्थित गोपिकृष्ण हलमा फिल्मको पहिलो शो बम्पर बन्यो । चार पर्दा हाउसफुल बने । त्यसपछि ११ बजेको शोमा दर्शकको साथ मध्यम मात्र रहँदा दिवा शोजमा गोपिकृष्ण च्यानको ठुलो पर्दा मानिने गोपि र १२० आसपास सिट संख्याको शिवाय हाउसफुल बन्यो । साँझको ‘शो’ मा पनि दर्शकको साथ मध्यम देखिएको हल सञ्चालकबाट जानकारीमा छ ।