मनोरञ्जन

सपनाको दमदार डान्स सहित ठकुरीको घुमाउछु डिस्कोमा सार्बजनिक

काठमाण्डौ । आर्फैले संगीत समेत भरेका धनु सिंह ठकुरीको घुमाउछु डिस्कोमा गीत रिलिज भएको छ । युट्युबबाट रिलिज भएको केहीबेरमा नै भिजिटरहरु बढेको गीत चल्ने आशा सपना खड्काले बताईन् । सपना खड्का, दीपक अधिकारी, सुमन खतिवडा लगायत कलाकारहरुले भिडियोमा अभिनय गरेका छन् ।
रिसानी माफ, हुन्छ बहादुर, हाक्का हाक्कीमा समेत अभिनय गरेकी खड्काको अभिनय यसमा पनि दर्शकले मन पराउने सम्भाबना देखिन्छ । म्युजिक भिडियो को निर्देशन दीपक अधिकारी गरेका छन् ।
सम्पादन बिजयराज भूर्तेल गरेका छन् । शब्द सम्राट पन्तले गीत लेखेका छन् । एरेन्ज यस थापामगर र क्यामेराम्यान महेश महरा रहेका छन् ।