साहित्य

‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ श्रेष्ठ र बज्राचार्यलाई

काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय समाचार समिति (रासस) ले हरेक वर्ष प्रदान गरिँदै आएको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ यस वर्ष रासस केन्द्रीय कार्यालयका सहव्यवस्थापक जगतकृष्ण श्रेष्ठ तथा वरिष्ठ सहायक रजनी बज्राचार्यलाई प्रदान गर्ने भएको छ ।

संगठनको बिहीबार बसेको बैठकले उनीहरूलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । रासस केन्द्रीय कार्यालय श्रव्य सम्पादन शाखामा कार्यरत श्रेष्ठ २०४२ र पुस्तकालय शाखामा कार्यरत बज्राचार्य २०४३ सालमा राससमा प्रवेश गरेका थिए । उक्त पुरस्कारको राशि जनही रु पाँच हजार ५५५ रहेको छ । यही फागुन ७ गते राससको ५७ औँ वार्षिकोत्सवका अवसरमा सो पुरस्कार प्रदान गरिने संगठनका वरिष्ठ उपाध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिए ।

राससका पूर्वव्यवस्थापक आदित्यध्वज जोशीका नामबाट २०६६ मा स्थापित उक्त पुरस्कारबाट यसअघि राजु शाक्य, फिरुराम चौधरी, ध्रुवभक्त श्रेष्ठ, बलबहादुर विश्वकर्मा, कृष्णप्रसाद शर्मा, मदन गौतम, शम्भुप्रसाद यादव, रमेश मिश्र, पवित्रा गुरुङ र भोलानाथ पौडेल, रामभगत बुढाथोकी, मंगलबहादुर जलाहारी, न्हुछेराज बज्राचार्य र सागुरसिंह राना सम्मानित भइसकेका छन् । रासस