पर्यटन/संस्कृति

महायज्ञबाट रु साढे दुई करोड सङ्कलित

money

दाङ । जनकल्याण मावि दूधरास दाङले इञ्जिनीयरिङ कलेज सञ्चालनार्थ आर्थिक सहयोग जुटाउने उद्देश्यले यही माघ १८ देखि २५ गतेसम्म आयोजना गरेको श्रीमद्भागवत ज्ञानमहायज्ञबाट रु दुई करोड ५० लाख रकम संकलन भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं महायज्ञका संयोजक देवराज विश्वकर्माले जिन्सी, जमीन र नगदसमेत गरी उक्त परिमाणमा दान संकलन भएको बताए । महायज्ञमा पं दीनबन्धु पोखरेलले कथा वाचन गरेका थिए।