आर्थिक

साविककै दरमा कर तिर्न आग्रह

बनियानी, झापा । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारी ऐन २०७४ मा सहकारी संस्थाले राज्यलाई बुझाउनुपर्ने कर निर्धारण गरिए पनि आर्थिक विधेयकबाट पारित नभएसम्म छुट नहुने बताएका छन् ।

झापाको बिर्तामोडमा शुक्रबार जिल्ला सहकारी संघले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा सचिव मैनालीले पछि समायोजन गर्न सकिने गरी हाललाई साविककै दरमा कर राजश्व बुझाउँदै गर्न सहकारीकर्मीलाई सुझाव दिए । सोही कार्यक्रममा झापा जिल्ला सहकारी संघले माघदेखि प्रकाशन आरम्भ गरेको मासिक खबर पत्रिका ‘झापाको सहकारी सेरोफेरो’ को विमोचन गरिएको थियो ।