पु.समाचार

प्रधान सेनापति र अमेरिकाको अमेरिकी सेना प्यासिफिक जनरलसँग भेट

काठमाण्डौ । प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीसँग मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्यासिफिकका Commanding General Robert B. Brown ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्तामा दुईबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको शैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
यसअघि, उनले शुक्रबार नै टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरेका थिए भने उनको सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । साथै, जंगी अड्डाभित्र उनलाई नेपाली सेना सम्बन्धि प्रस्तुतिकरण समेत दिइएको थियो ।
नेपालको चार दिने औपचारिक भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आएका General Robert B. Brown लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी ईश्वर हमालले स्वागत गरेका थिए । भ्रमण सम्पन्न गरी उनी २८ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।