आर्थिक

एनआईसी एशिया बैंकका चैनपुर र धादिङ्गको धादिङ्गवेशी धादिङबेसीमा नयाँ दुई साखा

कठमाण्डौ । एनआईसी एशिया बैंकले शुक्रबार २ नयाँ शाखाहरु एद्घाटन गरेको छ। बैंकले जयपृथ्वी नगरपालिका वडा नं. १०, चैनपुर, बझाङ र निलकण्ठ नगरपालिका वडा नं. ०३, धादिङ्गवेशी, धादिङ्गमा शुक्रबार एक समारोहका बिच् औपचारिक रुपमा समुद्घाटन सुसम्पन्न गरेको होे । जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र बहादुर खड्काबाट बझाङ र निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाबाट धादिङ्गवेशी शाखाको औपचारिक रुपमा समुद्घाटन सम्पन्न भएको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक भएको बैंकको दाबी छ । उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १७० शाखा कार्यालयहरु, १६८ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।