साहित्य

शान्ति काव्य प्रवाहको ६४ औँ हप्ता

काठमाडौँः ‘निभेको आगो ताप्छ कस्ले, खोटो मोहर राख्छ कस्ले, जारी रहे भ्रुण हत्या, आधा आकाश ढाक्छ कस्ले ?’ वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले प्रस्तुत गर्नुभएको गजलको अंश हो यो ।

मानवअधिकार तथा शान्ति समाजले बिहीबार आयोजना गरेको कार्यक्रममा परिवर्तनको पक्षमा देशभक्ति, शान्ति, न्याय, अधिकार, स्वाभिमान, सौन्दर्यबोध, प्रेमका कविता, मुक्तक, गीत र गजल सुनाएका थिए ।

कवयित्री कल्पना काफ्लेले ‘माटोमा अब बीज रोप्नु कसरी माटै हराए पछि ….,’ भावसहितको रचना प्रस्तुत गर्नुभयो । काव्य प्रवाहमा कविहरु रामबहादुर पहाडी, बेदमणि घिमिरे, मदन कार्की, रत्ननीधि रेग्मी, मेनका पोख्रेल आचार्य, आनन्दराम पौडेल, रामेश्वरी पन्त, डा जीवन अधिकारी, बाबुराम लामिछानेले आ–आफ्ना रचना पाठ गरे ।

यसैगरी साहित्यकार राजेन्द्र ढुंगाना, जयन्ता पोखरेल, अञ्जु विष्ट, विमला दाहाल, उर्मिला पन्त पाण्डेय, प्रीति कौर, कुसुम शर्मा, रश्मी रिमाल, सीता सुवेदी, सुशीला हसिना, शान्ति शर्मा, दुर्गा वनवासी, मञ्जुश्री प्रधान, दुर्गा तिवारी, शान्ति रिसाल न्यौपाने, लक्ष्मी ऐडी, शर्मिला कार्की, कौशिला रिसाल, रामबाबु दाहाल, रुद्र अधिकारी, पुन्य गौतम विश्वास, जसध्वज गुरुङ, जनार्दन अधिकारी, गगनदीप शर्व, भुवन शिवाकोटी चौघरे, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, निर्मल पराजुली, मुकुन्द पौडेल, ओजस्वी गौतम, शिवराम खडका, नीराजन तिमल्सिना, विजयराज न्यौपाने, गणेशप्रसाद खतिवडा, कृष्ण पहाडी, समाजका सभापति गंगाधर अधिकारी र महासचिव उत्तम पुडासैनी लगायतले पनि रचना पाठ गरे ।