समाचार

पत्रकार महासंघको बैठक जनकपुरमा

महेन्द्रनगर धनुषा । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको बैठक प्रदेश नं २ को राजधानी जनकपुरमा बस्ने भएको छ । जिल्लाको पर्यटकीय विकास, प्रादेशिक केन्द्रको रुपमा प्रचारप्रसार र राष्ट्रियस्तरमै स्थानीय मुद्दा उठाउने उद्देश्यले महासंघको धनुषा शाखाको पहलमा अगामी फागुन २० र २१ गते यहाँ बैठक बस्ने तय भएको हो ।

महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा उपत्यकामा उपलब्ध केन्द्रीय पदाधिकारी र सदस्यको बैठकले जनकपुरमा बैठक बस्न सहमति दिएको महासंघका जिल्ला अध्यक्ष अनिलकुमार मिश्रले जानकारी दिए ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले यहाँ हुने सो बैठक सुखद र जनकपुरका लागि उपलब्धिमूलक हुने विश्वास व्यतm गरे ।