राजनीति

अब प्रदेश नम्बर ३ को मूख्यमन्त्री डोरनिधी पौडेल

काठमाण्डौ । नेकपा एमालेको तर्फबाट मूख्यमन्त्री बनेमा डोरनिधी पौडेल बन्ने निश्चित भएको छ । आज भएको निर्बाचनमा अष्टलक्ष्मी शाक्यलाई हराएर संसदीय दलको नेता चयन भएपछि पौडेललाई मूख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

प्रदेश साँसद सदस्यको ५८ सदस्यको निर्बाचन पौडेलले ३४ मत ल्याएर बिजयी भएका छन् । एमालेकी उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यले २४ मत ल्याएर पराजित भएकी थिईन् ।
भाबी मूख्यमन्त्री निश्चित भएपछि पौडेललाई सोध्दा लोकतान्त्रीक प्रकृयाद्वारा निर्बाचन भएको र यसलाई सहज रुपमा लिनुपर्ने दाबी गरे ।