पु.समाचार

लागुऔषध मुद्दामा एभरेष्ट होटलका सञ्चालक लारी पक्राउ

काठमाडौँ । लागुऔषध तस्करी मुद्दामा एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई प्रहरीले पक्राउ गरेको छ ।  आज महानगरीय प्रहरी कार्यालयका नायब महानिरीक्षक गणेश केसीले लारीलाई महाराजगञ्जबाट पक्राउ गरेको जानकारी दिए ।

अदालतको पत्रका आधारमा फरार सूचीमा रहेका उनलाई पक्राउ गरिएको केसीले जानकारी दिए ।  सन् १९९७ मा जर्मनीको फ्यांकफर्ट विमानस्थलमा फेला परेको चरेशमा संलग्नताको मुद्दामा दोषी देखिएपछि उनी फरार भएका थिए । उनलाई आजै अदालत पेश गर्ने तयारी भइरहेको छ ।

भूकम्पपछि नयाबानेश्वरस्थित एभरेष्ट होटल पूर्ण रुपमा बन्द छ ।