मनोरञ्जन

चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पक्राउपछि पाँछ दिन म्याद थप

काठमाण्डौ । चलचित्र निर्देशक राजेन्द्र खड्गीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसंधान ब्यूरोले पक्राउ गरेको छ । चर्चित द्वन्द्व निर्देशक समेत रहेका खड्गीलाई प्रहरीले पक्राउ गरि आजै जिल्ला अदालत काठमाण्डौबाट ५ दिन म्याद थप समेत गरेको बताएके छ ।

‘ब्यूरोले एक बिज्ञप्ती जारी गर्दै दक्षीण कोरीयामा विभिन्न ड्रामा, डकुमेन्ट्री, फिल्म वनाउने भनी कलाकारको नाममा बिभिन्न व्यक्तिहरुलाई पठाई मानव ओसारपसार गर्ने राजेन्द्र खड्गीलाई मिति २०७४/१०/२५ गते यस के.अ. व्युरोको टोलीले जि। काठमाण्डौ, ठमेलबाट पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसार पसार मुद्दामा दिन पाँच ९५० म्याद थप भई आवश्यक अनुसन्धान कार्य भईरहेको छ’ भनेको छ ।