सूचना प्रविधि

टेलिकमका ग्राहकहरुका लागि बिशेष स्प्रिङ अफर शुरु

काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकहरुका लागि स्प्रिङ अफर उपलब्ध गराउने भएको छ । उक्त अफर आजदेखि लागू भएको छ र अफर आगामी २०७५ बैशाख २५ गते सम्म लिन सकिने टेलिकमले जनाएको छ । टेलिकमले यस्ता अफरहरु दिएको छ ।

१. अल टाइम डाटा प्याक
जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । कम्पनीले पहिले देखि नै उपलब्ध गराएका विभिन्न प्याकेजमा १४ प्रतिशत थप बोनस डाटा उपलब्ध गराउने भएको छ ।
अब थप बोनस समेत गरी अल टाइम डाटा प्याक अन्तर्गत १० रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २३ एमबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी २५ रुपैयाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६९ एमबी डाटा उपलब्ध हुनेछ । ५० रुपैयाँमा १४ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १४३ एमबी डाटा, १ सय रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ४५६ एमबी डाटा, २०० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ९६९ एमबी डाटा र ३०० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १७१० एमबी डाटा उपलब्ध हुनेछ ।

२. नाइट डाटा प्याक
जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । यसमा पनि पहिले भन्दा थप १४ प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ ।
नाइट डाटा प्याक अन्तर्गत अब १५ रुपैयाँमा १७१ एमबी डाटा ३ दिन सम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ४५ रुपैयाँमा ५७० एमबी डाटा ७ दिन सम्म र ९० रुपैयाँमा १३६८ एमबी डाटा १४ दिनसम्म चलाउन पाइने छ । यो वाहेक २०० रुपैयाँमा ३५०३ एमबी डाटा र ३०० रुपैयाँमा ७५८८ एमबी डाटा २८ दिनसम्म चलाउन पाइने छ । नाइट डाटा प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ ।

३. सोसियल मिडिया डाटा प्याक
सोसियल मिडिया डाटा प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ । यस अन्तर्गत १२ रुपैयाँमा ५७ एमबी डाटा ३ दिन, २५ रुपैयाँमा १२६ एमबी डाटा ७ दिन र ५० रुपैयाँमा २६३ एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी १०० रुपैयाँमा ५७० एमबी डाटा र २०० रुपैयाँमा १२५४ एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।

४. डाटा स्ट्रिमिङ प्याक
जीएसएम प्रिपेड/पोष्टपेड मोबाइलका लागि स्ट्रिमिङ प्याक अन्तर्गत युट्युब र वाउटाइम एप्स चलाउन सकिने छ । यस अन्तर्गत ११५ रुपैयाँमा १३६८ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ८० रुपैयाँमा ९१२ एमबी डाटा १४ दिन अवधिका लागि र ४५ रुपैयाँमा ४५६ एमबी डाटा ७ दिन अवधिका लागि उपलब्ध हुनेछ ।

५. एसएमएस प्याक
जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा एसएमएस प्याक प्रयोग गर्न सकिने छ । यो प्याक अन्तर्गत १२ रुपैयाँमा ५ दिनसम्म उपभोग गर्न पाउने गरी ६० वटा एसएमएस र ६० वटा बोनस एसएमएस समेत उपलब्ध गराइएको छ । यसरी १२ रुपैयाँमा १२० वटा एसएमएस गर्न सकिने छ ।
६. फोरजी डाटा प्याक
फोरजी डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा ३५ एमबी डाटा ३ दिनका लागि, ५० रुपैयाँमा २२८ एमबी डाटा ७ दिनका लागि र १०० रुपैयाँमा ५७० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी २०० रुपैयाँमा १३६८ एमबी, ३०० रुपैयाँमा २२८० एमबी र ५०० रुपैयाँमा ४१०४ एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।

७. अल टाइम भ्वाइस प्याक
जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याक अन्तर्गत एक दिनका लागि १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेटको प्याकेज ३ दिन अवधिका लागि उपलब्ध छ । ५० रुपैयाँमा ५ दिनका लागि ७५ मिनेट, १०० रुपैयाँमा १० दिनका लागि २०० मिनेट, २०० रुपैयाँमा २८ दिनका लागि ४१० मिनेट, ३०० रुपैयाँमा ३० दिनका लागि ६५० मिनेट र ५५० रुपैयाँमा ६० दिनका लागि १२०० मिनेट कल उपलब्ध गराइएको छ । सो कल नेपाल टेलिकमको नेटवर्क भित्रका लागि मात्र उपलब्ध हुनेछ ।

८. नाइट टाइम भ्वाइस प्याक
नाइट टाइम भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा ३ दिनसम्म ७० मिनेट र २५ रुपैयाँमा ७ दिनसम्म कम्पनीकै नेटवर्कभित्र २५० मिनेट कल गर्न सकिने छ । सो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ ।

९. सीयूजी प्याकेज
कम्पनीले कर्पोरेट ग्राहकहरुका लागि कन्भज्र्ड सीयूजी (कर्पोरेट युजर ग्रुप) प्याकेज उपलब्ध गराएको छ । हालसम्म जीएसएम पोष्टपेडलाई मात्र यो सुविधा उपलब्ध गराइएकोमा अब जीएसएम÷सीडीएमएका प्रिपेड/पोष्टपेड सबैमा यो सुविधा उपलब्ध हुनेछ । कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँको विभिन्न दरका सीयूजी प्याकेजहरु उपलब्ध गराइएको छ ।
सबैभन्दा सस्तो प्याकेज ४०० रुपैयाँमा उपलब्ध हुनेछ । यस अन्तर्गत सीयूजी ग्रुप भन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन र ५० वटा एसएमएस पठाउन सकिने छ । त्यसैगरी ७०० रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न, ८०० एमबी डाटा चलाउन र १०० वटा एसएमएस पठाउन सकिने छ । यो वाहेक १००० रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न, १५०० एमबी डाटा चलाउन र १५० वटा एसएमएस पठाउन सकिने छ । १३०० रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न, २१०० एमबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन तथा १६०० रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न, २७०० एमबी डाटा चलाउन र २५० वटा एसएमएस पठाउन सकिने छ । सबै प्याकेजमा रहेका ग्रुप सदस्यहरु बीचमा भने असीमित भ्वाइस कल गर्न सकिने छ ।

१०.इन्डिया आउटगोइङ कल अफर
नेपालबाट भारतमा कल गर्नका लागि अब सस्तो दरको प्याकेज लिन सकिने भएको छ । यसका लागि कम्पनीले डेली प्याक, विक्ली प्याक र मन्थ्ली प्याक गरी तिन प्रकारको प्याक अफर ल्याएको छ । डेली प्याक अन्तर्गत ३५ रुपैयाँमा १५ मिनेट कल गर्न सकिने छ । सो प्याक १ दिनका लागि मात्र उपलब्ध हुनेछ । त्यसैगरी विक्ली प्याक अन्तर्गत १५० रुपैयाँमा ६५ मिनेट र मन्थ्ली प्याक अन्तर्गत ५०० रुपैयाँमा २२५ मिनेट कल गर्न सकिने छ । यी प्याक क्रमशः ७ दिन र एक महिनासम्म प्रयोग गर्न सकिने छ । प्याकबाट प्रतिमिनेट २ रुपैयाँ २२ पैसासम्मको सस्तो दरमा भारतमा कल गर्न सकिने छ ।

११.इन्टरनेसनल इनकमिङ कलमा बोनस अफर
अब विदेशबाट कल आएमा समेत बोनस कल र एसएमएस उपभोग गर्न सकिने छ । ७ दिनभित्र ७ मिनेट अन्तर्राष्ट्रिय कल रिसिभ गर्ने प्रत्येक ग्राहकले नेपाल टेलिकमको नेटवर्कमा १४ मिनेट फ्रि कल गर्न र १४ वटा फ्रि एसएमएस पठाउन सक्ने छन् । फ्रि कल र फ्रि एसएमएसको प्रयोग भने ३ दिन भित्र गरिसक्नु पर्नेछ ।

१२. एडीएसएल स्पिड स्तरोन्नति र डाटा बोनस
नेपाल टेलिकमले हालसम्म १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट उपलब्ध गराइरहेकोमा अब ५ एमबीपीएस सम्मको गतिमा उपलब्ध हुने गरी अपग्रेड गरिएको छ । त्यसैगरी एडीएसएल रिचार्ज गर्दा ग्राहकको जीएसएम वा सीडीएमए मोबाइलमा क्रस–बन्डलिङ डाटा बोनस उपलब्ध गराइने छ । यस अन्तर्गत २ सय रुपैयाँको रिचार्ज गर्दा ३० एमबी अल टाइम र ६० एमबी नाइट डाटा प्रयोग गर्न सकिने छ । त्यसैगरी ५ सय रुपैयाँको रिचार्ज गर्दा ८० एमबी अल टाइम र १६० एमबी नाइट तथा १ हजार रुपैयाँको रिचार्ज गर्दा १७५ एमबी अल टाइम र ३५० एमबी नाइट डाटा प्रयोग गर्न सकिने छ ।

१३. एफटीटीएच सेवामा कर्पोरेट तथा ब्यक्तिगत प्याकेज
नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत ब्यक्तिगत ग्राहक र कर्पोरेट ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था गरेको छ । दुवै प्रकारका ग्राहकको लागि ८, १४, ३३, ५५ र १०० एमबीपीएस ब्यान्डविथको प्याकेज उपलब्ध छ ।
ब्यक्तिगत तर्फ ८ एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि ४५० जिबी, ६ महिनाका लागि ११०० जिबी र १२ महिनाका लागि २४०० जिबी डाटा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य क्रमशः रु. ४,२३७।५०, ७,७९७।– र १३,५६०।– छ ।

१४ एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि ७०० जीबी, ६ महिनाका लागि १६०० जीबी र १२ महिनाका लागि ३५०० जीबी डाटा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य क्रमशः रु. ४,७४६।–, ८,८१४।– र १५,५९४।– छ ।

३३ एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि १०५० जीबी, ६ महिनाका लागि २३०० जीबी र १२ महिनाका लागि ५००० जीबी डाटा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य क्रमशः रु. ५,२५४।५०, ९,८३१।– र १७,६२८।– छ ।

५५ एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि ६५०० जिबी डाटा रु. २०,३४०।– मा र १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि ८५०० जीबीको डाटा रु. २५,७६४।– मा खरिद गर्न सकिन्छ ।
त्यसैगरी कर्पोरेट युजर प्याकेज अन्तर्गत ८ एमबीपीएस गतिको एफटीटीएच प्याकेज ३ महिनाका लागि १६०० जीबी, ६ महिनाका लागि ३६०० जीबी र १२ महिनाका लागि ८००० जीबी डाटा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य क्रमशः रु. ८,४७५।–, १५,९३३।– र २८,४७६।– छ ।

१४ एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २२०० जीबी, ६ महिनाका लागि ५००० जीबी र १२ महिनाका लागि ११००० जीबी डाटा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य क्रमशः रु. ९,४९२।–, १७,९६७।– र ३२,५४४।– छ ।

३३ एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २८०० जीबी, ६ महिनाका लागि ६४०० जीबी र १२ महिनाका लागि १४००० जीबी डाटा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य क्रमशः रु. १०,१७०।–, १९,३२३।– र ३५,२५६।– छ ।
५५ एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १८००० जीबी डाटा रु. ४०,६८०।– मा र १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि २४००० जीबीको डाटा रु. ५१,५२८।– मा खरिद गर्न सकिन्छ ।