राजनीति

नेविसंघले गर्यो ढकालको स्मृतिमा छात्रवृत्ति कोषको स्थापना

कास्की, पोखरा । यही माघ २२ गते पोखरा–लेखनाथ चल्ने बसको लापरबाहिपुर्ण ठक्करबाट मृत्यु भएका नेपाल विद्यार्थी संघका होनाहार नेता एवं नेविसंघ स्याङजा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका अध्यक्ष बोधराज ढकालको स्मृतिमा नेविसंघ प्रदेश नं. ४ ले स्मृति छात्रवृत्तिकोषको स्थापना गर्ने भएको छ ।

१३ दिन भित्रै स्याङ्जा फापरथुम स्थित उनको गाउ मै पुगेर स्वर्गिय ढकालले विद्यालय शिक्षा हासिल गरेको भगवती मावीमा विद्यालय परिवार, नेवि संघ प्रतिनिधि र ढकाल परिवारका प्रतिनिधी सम्मिलित अक्षयकोष स्थापना गरिनेछ । समितिले हरेक बर्ष सो विद्यालयबाट कक्षा १० को क्भ्भ् परिक्षामा राम्रो नतिजा ल्याउने छात्र(छात्रालाइ पुरस्कृत गर्नेछ ।

ढकालको अन्त्येष्टि पछि माघ २४ गते पोखरामा आकस्मिक रुपमा भएको छलफलमा पदाधिकारी तथा सदस्यबाटै जनही रु पाँच हजारका दरले रु ६० हजार संकलन भै सकेको छ भने १३ दिन भित्र स्वच्छिक रुपमा संकलन हुने सहयोगबाट परिवारलाई तत्कालिक सहयोग समेत गरिने छ । नेविसंघका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं. ४ का संयोजक डिल्लीराम सुवेदीका अनुसार ढकालको योगदानको स्मृतिलाइ जिवन्त राख्न र परिवारजनको दुःखमा साथ दिन यो अक्षयकोष स्थापना गर्न लागिएको बताए ।

संयोजक सुवेदी, सदस्य(सचिब एवम सहमहामन्त्री हरिहर शर्मा, केन्द्रिय सदस्यहरु जानुका पन्त, पुनम भट्ट, भानु ढकाल, आर सि भट्टराई, शंकरराज घिमिरे, देबकृष्ण पराजुली लगायतका विद्यार्थी नेताहरूले जनही ५ हजार रुपैया संकलन गरि अक्षयकोष स्थापानाको सुरुवात गरेका छ्न । पकेट खर्च कटौती गरि सहयोद्दाको सम्मानमा योगदान गर्न लागेको कुरा केन्द्रिय सदस्यहरुले बताएका छ्न् ।

सुवेदीले भने यो अभियानमा प्रदेश ४ नेबिसंघ समितिमा आबद्ध रहेका ५० भन्दा बढि बिद्यार्थीहरु लगायत अन्य सहयोगीहरुले स्वच्छिक योगदान गर्नसक्ने बताईएको छ । विहीबार नेविसंघ प्रदेश नं. ४ ले एक प्रेस विज्ञप्ती जारी गरी सो कुराको जानकारी गराएको हो । विज्ञप्तीमा सवारी चालकको लापरबाहीका कारण उक्त घटना हुन गएको भन्दै प्रशासनमा दर्ता गरिएको मुद्दालाइ कडाइका साथ किनारा लगाउन खबरदारी गरिने र सार्बजनिक यातायात ब्यबस्थामा बढदो जथाभावीपना र कमजोर कानुनी ब्यबस्था बिरुद्ध पनि खबरदारी बढाउने जनाएको छ ।

कमजोर आर्थिक अबस्था रहेको परिवारमा हुर्केर बिबिएस चौथो बर्ष पढ्दै गरेका ढकालका बाबुको शारिरिक अपाङगता र भाइ कक्षा १२ मा पढदै गरेको कारण घरपरिवार संचालनमा समेत निकै कठिनाई रहेको छ । परिवारका लागि तत्काल राहत उपलब्ध गराउनका लागि नेविसंघले सक्दो सहयोग गर्ने समेत जनाएको छ । असल नेतृत्व बहन गर्न सक्ने क्षमता रहेका ढकाललाई गुमाउँदा नेपाल विद्यार्थी संघको एउटा खम्बा ढलेको नेविसंघका सहमहामन्त्री हरिहर शर्माले बताए ।