राजनीति

राष्ट्रिय सभा निर्बाचन परिणामबाट काँग्रेस झन कमजोर, प्रधानमन्त्री देउवा राजनीनामा दिदै

काठमाण्डौ । बुधबार सम्पन्न राष्ट्रिय सभा निर्बाचनबाट नेकपा एमालेले बहुमत ल्याएको छ । प्रतिनिधि सभा प्रत्यक्षकै अनुपातमा एमालेले २९ सीटसहित बहुमत ल्याएको हो ।
अन्तिम मतगणना अनुसार काँग्रेसले ज्ञ३ र माओबादी केन्द्रले १० सीटमाचित्त बुझाएक छन् । उता प्रदेश नम्बर २ मा प्रभूत्वता भएका दलहरु सैघीय समाजबादी र राजपाले २/२ सीटमा चित्त बुझाएका छन् ।

प्रदेश नम्बर १ मा जम्मा ८ सीटका लागि भएकोनिर्बाचनमा एमालेले ६ सीट ल्याएको छ भने काँग्रेसले २ सीटमा चित्त बुभाmाएको छ । माओबादी केन्द्र। संघीय समाजबादी र राजपा शून्यमा सीमित भएका छन् । प्रदृश नम्बर २ मा दलहरुले २/२ सीटमा सहमती गरिसकेका छन् । केन्द्रीय राजधानी काठमाण्डौ समेत रहेको मुलुकको सबैभन्दा महत्वपूर्ण प्रदेश नम्बर ३ मा एमालेले ५ सीट, काँग्रेसले २ सीट र माओबादी केन्द्रले १ सीट ल्याएको छ । एक महानगरपालीका सहित पर्यटन क्षेत्रको हिसाबले महत्वपूर्ण रहेको प्रदेश नम्बर ४ मा एमालेले ३, काँग्रेसले ३ र माओबादी केन्द्रले २ सीट ल्याएको छ ।

माओबादी केन्द्रको अलि बढीप्रभाब भएको भनिएको प्रदेश नम्बर ५ मा समेत एमालेले ४, काँग्रेस र माओबादीले २/२ सीट कायमा गरेका छन् । प्रदेश नम्बर ६ मा काँग्रेसको संख्या शून्य छ, भने एमालेले ५ र माओबादी केन्द्रले ३ सीट ल्याएका छन् । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश समेत पर्ने प्रदेश नम्बर ७ मा काँग्रेसको पकड भएको भनिएपनि एमालेले ४ सीट, कााग्रेस र माओबादी केन्द्रले २/२ सीट ल्याएका छन् ।

राष्ट्रिय सभा ७ प्रदेशबाट ८ ८ जना निर्बाचित र ३ जना राष्ट्रपति बिद्यादेबी भण्डारीले मनोलीत गरी जम्मा ५९ जनाको हुने संबैधानिक ब्यबस्था छ ।

दलहरुको सहमतिमा २४ जना मनोनयन दताकै क्रममा बिभिन्न दलबाट निर्बिरोध निर्बाचित भएपछि बाँकी ३२ सीटका लागि २४ गते सम्पन्न भएको निर्बाचनको नतिजा अनुसार उक्त परिणाम आएको हो ।

अब राष्ट्रिय सभा निर्बाचनको मतपरिणम आएपश्चात प्रतिनिधि सभाको प्रत्यक्षको निर्बाचन परिणाम घोषणा भएको दुई महिना हुँदा सम्म समानुपातिकको मतपरिणाम घोषणा भएको छैन । आजभोली नै संबैधानिक ब्यबस्था अनुसार ३३ प्रतिशत महिला पुर्याएर निर्बाचन आयोगले समानुपातिकको मतपरिणाम सार्बजनिक गर्ने, प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिने लगायतका कार्यक्रम गर्न बाटो खुलेको छ ।
राष्ट्रिय सभामा मतदान गर्न जम्मा ८ जना अनुपस्थित रहेपछि ९९.५२ प्रतिशत मत खसेको थियो । जम्मा मतदाता संख्या १ हजार ६ सय ७७ थिए ।
सकेसम्म आजै नत्र केहीदिनभित्रै प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पदबाट राजीनामा दिने मोड बनाएको बालुवाटार स्रोतको दाबी छ ।

प्रधानमन्त्री देउवाले राजीनामा तत्काल राजीनामा नदिए बाम गठबन्धनले कडा कदम चाल्नेमात्र नभएर काँग्रेशकै आन्तरिक दबाब झेल्नुपर्ने आँकलन गरेकाले जिम्मेवारी सम्हालेपश्चात प्रधानमन्त्री देउवा आफू राजनीनामा दिने सहज वातावरण जाजी गरिरहेको बताईएको छ ।