राजनीति

‘बलियो कांग्रेसको लागि ससक्त नेबि संघ’ भन्दै नेता राईको संयोजकत्वमा देश दौडाहा

तेह्रथुम । काँग्रेस शुद्धीकरण अभियान अन्तर्गत नेपाली काँग्रेसका बिभिन्न नेताहरुले देश दौडाहा गर्ने क्रममा मेची महाकाली अभियान लिएर नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष नवीन राईको नेतृत्वमा एक टोली देश दौडामा निस्किएको छ ।
केन्द्रीय नेबिसंघका केन्द्रीय सदस्यहरु चेत बहादुर मगर, पवन नेपाली र भोला नेपाल त्यसैगरी नेबि संघका नेता एबं जन प्रशासन क्याम्पसका स्वोबियु सचिव सन्देस आचार्य, पाटन क्याम्पसका नेबिसंघका नेता बिश्व लामा र किष्ण प्रसाद भट्टराई अध्य्यन केन्द्रका अध्यक्ष अभिनास सिल्वाल लगायतको उक्त टीममा छ ।
नेबिसंघको माहाधिवेशन सम्पन्न भएको १८ महिना बितिसक्दा पनि संगठनकाले गति लिन नसकिरहेको बेला यो अभियानले नेपाल विद्यार्थीमा आबद्ध विद्यार्थी साथीहरूमा नयाँ उर्जा दिने हिासाबले देशभरका क्याम्पसमा बिद्यार्थीहरुलाई भेटेर नेबिसंघप्रति बिद्यार्थीहरुलाई भरोसा जगाउने वातावरण बनाउने बिश्वास उपाध्यक्ष राइको छ । महाधिवेशन भएको ३ महिना भित्र गरिसक्नु पर्ने १० जिल्लाको अधिबेशन अहिले सम्म गर्न नसक्नु र गुट गत राजनीति हाबी हुनुनै अहिलेको मुल समस्या रहेको केन्द्रीय सदस्य चेत बहादुर मगरले बताए ।
यसैगरी जन प्रशासन क्याम्पसका स्वोबियु सचिब आचार्यले यो अभियानले समयमै जिल्ला इकाईको अधिबेशन नभएर निरासामा रहेका साथिहरुलाइ नया उर्जा र हौसला दिने बिश्वास ब्यक्त गरेका छन् ।
नेपाल विद्यार्थी संघलाई सशक्त बनाउने अभियानमा विभिन्न जिल्ला हुदै तेह्रथुममा पनि प्रवेश गर्दै गर्दा हामी जो नेबिसंघको कलम र मसाल अंकित झन्डामा समर्पित छौ हामीलाई थप उत्साहप्रद भएको उक्त अभियानमा सहभागीहरुको भनाई छ । उक्त समूह हाल तेह्रथुम पुगेको छ ।

-देश दौडाहामा निश्किएको नेबिसंघ उपाध्यक्ष नबिन राई नेतृत्वको टोली बिभिन्न बिद्यार्थीहरुसंग भेटघाट गर्ने क्रममा सामूहिक तस्विर खिचाउदै ।