राजनीति

फोरम नेपाल र राजपाबीच मुख्मन्त्रीको बिषयमा बसेको बैठक निश्कर्षबिहीन, दूरी बढ्यो

जनकपुरधाम । प्रदेश नं २ को सरकार निर्माणका लागि सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

दुवै दलकका शीर्ष नेताबीच मंगलबार दिनभर जनकपुरधामको सीताशरण होटलमा बिहान नौ बजेदेखि थालिएको वार्ता साँझसम्म पनि निष्कर्षमा पुग्न नसकेको हो ।

दुवै दलबीच सरकारको नेतृत्व, मन्त्रालय बाँडफाँडलगायत विषयमा सहमति हुन नसकेका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको बुझिएको छ ।

प्रदेश नं २ मा सङ्घीय समाजवादी फोरम नेपालको २९, राष्ट्रिय जनता पार्टीको २५, नेकपा (एमाले)को २१, नेपाली काँग्रेसको १९, नेकपा (माओवादी केन्द्र) को ११, नेपाल सङ्घीय समावादी पार्टीको एक र स्वतन्त्र एक सांसद छन् ।

बैठकमा सहभागी राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले चाँडै नै पुनः वार्ता गरी यस बिषयलाई निष्कर्षमा पु¥याइने बताए ।

बैठकमा फोरमबाट अध्यक्ष उपेन्द्र यादव, नेताद्वय रेणु यादव र लालबाबु राउत गद्दी तथा राष्ट्रिय जनता पार्टीबाट अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु शरत्सिहं भण्डारी, राजेन्द्र महतो, महेन्द्र यादव र अनिल झाको सहभागिता थियो ।