सूचना प्रविधि

नेपाली बजारमा सामसङ ग्यालेक्सी ट्याब ए ७.०

काठमाडौं । नेपालको सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ट्याव ए नेपाली बजारमा प्रस्तुत गरेको छ, जुन मनोरञ्जनको लागि उत्कृष्ट बन्ने छ । ग्यालेक्सी ट्याब ए पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस हो । द्धन् को साथ परिस्कृत गरिएको उच्चस्तरीय डिस्प्ले तथा उत्कृष्ट ब्याट्रिको क्षमताले गर्दा यसले इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्ने छ ।

आकर्षक स्लीम डिजाइन, राउन्ड एज तथा नन् स्लीप प्याटर्नले गर्दा यो प्रयोग गर्न सहज छ । यसलाई जस्तो सुकै अवस्थामा पनि एक हातमा सहजै लिन सकिन्छ । एच डि डिस्प्लेको करणले उत्कृष्ट दृश्यको अनुभव प्राप्त हुने छ । यो आफैमा एक पावर हाउस हो यसमा लामो समयसम्म चल्ने ४००० एमएएच व्याट्री राखिएको छ, जसले भिडियो प्ले व्याक प्रयोग गर्दा पनि ९ घण्टसम्म निरन्तर चलाउन सकिन्छ ।