अन्तर्राष्ट्रिय

कङ्गोमा जातिय झडपमा २६ जनाको मृत्यु

किन्सासा, कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शनिबार भएको अन्तरजातीय भगडाका कारण शुरुभएको झडपमा परी कम्तिमा २६ जनाको मृत्यु भएको घटनापछि त्यहाँ पुगेका सुरक्षाकर्मीले आइतबार बताएका छन् ।

हेमा तथा लेन्डु समुदायका सदस्यबीच भएको झडपमा पूवी इत्रु प्रान्तको हेमा गाउँमा केही गाउँलेलाई हमलागरी हत्या गरिएको इत्रु प्रान्तका गभर्नरको कार्यालय निकट स्रोतले जनाएको छ । आक्रमणका क्रममा केही घरटहरामा आगो लगाइएको बताउँदै अधिकारीले भने घटनामा दर्जनौँ घरहरू जलेका बताइएको छ ।

केही दिनको झडपपछि अहिले घटनास्थलमा प्रहरी र सेना पुगेको र स्थिति सुरक्षा नियन्त्रणमा रहेको बताइएको छ ।
उक्त क्षेत्रमा सन् २००१ र सन् २००६ मा भएका उक्त दुई समुदायबीचको लडाइँमा कम्तिमा ६० हजार नागरिकले ज्यान गुमाएका थिए ।