पु.समाचार

रहस्यम बन्दै सामुहिक बलात्कार काण्ड, चारमध्ये यि हुन् एक अभियुक्त, कुनैहालतमा छाड्नुहुन्न

काठमाडौं । होटल ल्याण्डमार्कमा भएको सामुहिक बलात्कार काण्डका दोस्रो मुख्य अभियुक्त विकास गौतमलाई बचाउन उनका बाबु ठेकेदार रामबहादुर गौतम ज्यान फालेर लागेका छन् । उक्त काण्डका मुख्य अभियुक्त शैलेश कार्की हुन भने मुख्य दोस्रो अभियुक्त ठेकेदार गौतमका छोरा विकाश हुन् । सोही काण्डमा मुछिएका अर्का अभियुक्त रवि पौडेल र दीपक श्रेष्ठ हुन् । पौडेल र श्रेष्ठ पनि निर्माण व्यवसायसँग आवद्ध रहेको स्रोतले बतायो ।

निर्माण व्यवसायसँग आवद्ध विकास बलात्कार काण्डका मुख्य दोस्रो अभियुक्त हुन् । विकाश उनकै बाबुको कन्स्ट्रक्सन कम्पनी मोतिदानमा कार्यरत छन् । मोतीदान कन्स्ट्रक्सन कम्पनी ‘क’ श्रेणीको ठेकेदार कम्पनी हो । यो काण्डलाई दबाउन सुरुदेखि नै विकासका बाबु ठेकेदार गौतम लागिपरेका छन् भने उनकै सक्रियतामा महानगरीय प्रहरी बृत्त दरबारमार्गमा आर्थिक चलखेल मात्र भएन, बलात्कार काण्डको नाम निशानै नरहने गरी कागजात नष्ट पार्न लगाइएको थियो । ठेकेदार गौतमको नेपाली काँग्रेस, माओवादीका नेताहरुसँग घनिष्ठ सम्वन्ध छ भने उनले नेपाल प्रहरी र नेपाली सेनाका भ्रष्ट हाकिमहरुको अवैध रकम महंगो ब्याजदरमा चलाउने गरको छन् । ठेकेदार गौतमलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

उता बलात्कृत भएकी युवतीलाई समेत मिलापत्र गर्न बाध्य पारिएको घटना सार्वजनिक भएपछि बलात्कृत भएको भनिएको युवतीलाई पुनः प्रहरीले सम्पर्कमा ल्याएर छानविन थालेपछि बलात्कार काण्डले अहिले अर्के मोड लिएको छ । घटनाको किटानी जाहेरीमा ठेकेदार गौतमका पुत्र विकासलाई नै दोस्रो मुख्य आरोपी बनाइएको छ । ल्याण्डमार्क होटलमा रुम बुक गर्दा शैलेस कार्कीले प्रयोग गरेको सवारी चालक अनुमति पत्रमा उल्लेख मोबाइल नम्बर समेत विकासको भएको अनुसन्धानबाट खुलेको थियो । सो रहस्य खुलेपछि प्रहरी उनीमाथि थप शसंकित बनेका छन् । यद्यपि, फरार भनिएका चारै जना अभियुक्तहरुलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन् । बलात्कृत भएकी युवतीको खातामा २७ लाख रुपैयाँ देखिएपछि सो सम्वन्धमा समेत प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

मुख्य भिलेन नै प्रहरीः

उक्त बलात्कार काण्डलाई लेनदेनका आधारमा दरबारमार्गका डीएसपी तिलक भारती, मुद्दा फाँटका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारीको करकाप र दवाबमा सामसुम पार्ने प्रयास भएको थियो । सो घटना सार्वजनिक भएपछि छानबिन समितिले सई चन्द्र भण्डारीलाई निलम्बन गरिसकेको छ भने प्रहरी निरीक्षक ठकुरीलाई निलम्बनका लागि सिफारिस गरेको छ । डीएसपी भारतीलाई भने अनुसन्धान जारी रहेको भन्दै बचाउने प्रपञ्च भइरहेको छ ।

गत शनिबार पनि दरबारमार्ग बृत्तमा त्यस्तै काण्ड तर अलि उल्टो घटना घटेको थियो । प्रहरी निरीक्षक ठकुरीले एक जना अधवैसे महिलासँग मिलेर त्यस्तै अर्को अपराध गरेका थिए । निरीक्षक ठकुरीको ठग महिलाहरुको गिरोहसँग राम्रो उठबस छ । सो गिरोहमा आवद्ध महिलाहरुले धनि धनिलाई फसाउने, यौन सम्वन्ध राख्ने र रेफ केस लगाउँछु भन्दै ब्ल्याकमेल गरेर लाखौं असुल्ने कार्य गर्दै आएका छन् । गत शनिबार पनि त्यस्तै काण्ड घटेको थियो, दरबारमार्ग बृत्तमा । प्रहरी निरीक्षक ठकुरीले आफ्नो श्रीमान हुँदाहुँदै परपुरुषसँग सम्वन्ध स्थापित गर्दै आएकी एक महिलासँग मिलेर एक जना पुरुषलाई रेफ केस लगाउँछु भन्दै जवरजस्ती २५ लाख रुपैयाँको चेक कटाइएका थिए ।सीपोष्टन्यूज डट् कम्