पु.समाचार

उद्घोष दैनिकमा कार्यरत पत्रकार रिमाल पुरस्कृत

विराटनगर । नेकपा(एमाले)का नेता शेरधन राईले देशमा राजनीतिक स्थिरता एवम् सुशासन कायम राखी विकासलाई मुख्य एजेण्डा बनाउनुपर्ने बताएका छन् । उनले बीसौँ प्रेस चौतारी दिवसका अवसरमा कृष्णप्रसाद सिग्देल स्मृित प्रतिष्ठानद्वारा स्थापित ‘युवा पत्रकारिता पुुरस्कार’ आइतबार यहाँ वितरण गर्दै सो कुरा बताएका हुन् ।

नेता राईले स्थानीय उद्घोष दैनिकमा कार्यरत पत्रकार कमल रिमाललाई ढाका टोपी पहिराई रु ११ हजार १११ राशिको उक्त पुरस्कारबाट सम्मानित गरे ।
नेकपा (एमाले) मोरङ अध्यक्ष विनोद ढकालले राससलगायत सरकारी सञ्चारमाध्यमलाई प्रदेशको ढाँचाअनुसार सुदृढ गराउनुपर्नेमा जोड दिए ।
प्रेस चौतारी मोरङका अध्यक्ष रामचन्द्र अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा चौतारीका उपाध्यक्ष लीलाराज भट्टराई र यज्ञ शर्माले पुरस्कृत रिमालको व्यतित्वका सम्बन्धमा चर्चा गरेका थिए ।