आर्थिक

पल्सर डेयर भेन्चरको तेस्रो संस्करणको समापन

काठमाडौं । बजाज पल्सर डेयर भेन्चर नेपालकै सबैभन्दा धेरै मोटरसाइकल बिक्री गर्ने कम्पनी तथा बजाज मोटरसाइकलको आधिकारिक बितरक, एचएच बजाजले प्रस्तुत गरेको देशकै पहिलो बाइक रियालिटी शो हो । एचएच बजाजले सामसङसँगको सहकार्यमा बजाज पल्सर डेयर भेन्चरको सफलतालाई उत्सवको रुपमा मनाउन यहि माघ १८ गते तेस्रो संस्करणको समापन कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ ।
समापन समारोहको अवसरमा नेपाल बेस्ट राइडर, नेपाल बेस्ट राइडर रनर अप, तथा मस्ट पपुलर राइडर अवार्ड बिजेताहरु क्रमशः अमित श्रेष्ठ ,पबिन कार्की र बिबिद जङ्ग थापालाई नगद पुरस्कारसहित पल्सर एनएस हस्तान्तरण गरियो । यस पटक तिन जना राइडर फाइनलमा पुग्न सफल भएका थिए ।

तिन जना राइडरहरुमा सुरेश मानन्धर , अमित श्रेष्ठ र पबिन काकी रहेका थिए । सहभागीहरु मध्ये बिजेता अमित श्रेष्ठले रु.१० लाखका साथमा पल्सर एनएस रसामसङ एस ८ं, उपविजेता पबिन कार्कीले रु.५ लाखका साथमा पल्सर एनएस र सामसङ एस ८ प्राप्त गरेका थिए भने तेस्रो बिजेता बिबिद जङ्ग थापाले पल्सर एनएस प्राप्त गर्न सफल भएका थिए । अमित श्रेष्ठले सम्सुङ्ग अनइस्टपबल राइडर र गणेश मान श्रेष्ठले शिखर सेफ राइडर को ताज जितेका थिए ।

समापन समारोहको अन्त्यमा, एचएच बजाजका कार्यकारी निर्देशक श्री शेखर गोल्छाले भने, “हामीले सबै जोशिला पल्सर राइडरहरुलाई मनाङ्गको खाङ्गसारसम्मको साहसिक राइड अनुभव लिने सुवर्ण अवसर दिएका दिएका थियौं । नेपालको इतिहासमा नै पहिलो र दोस्रो बाईक रियालिटी सो हामीले सफलतापूर्वक सम्पन्न गरेका थियौँ भने यो तेस्रोेले पनि हजारौं दर्शकहरुको साथ र सहयोग प्राप्त गर्न सफल भयो । त्यसैले, हामी तपाईँलाई यो विश्वास दिलाउँछौं कि यो नै अन्त्य होईन, यसलाई परिस्कृत गर्दै नेपालको नदेखिएका र थाहा नभएका मनोरम भूभाग देखाउने गरि थप यस्तै कार्यक्रम गर्नेछौं ।

पल्सर बाइक जहिले पनि साहस, रोमान्चकता र चुनौतीसँग आबद्ध रहेको छ, आगामी बजाज पल्सर डेयर भेन्चर राइड हरेकको अपेक्षा भन्दा बढि हुनेमा हामी विश्वस्त रहेका छौं ।