आर्थिक

ग्लोबल आइएमई बैंकको थप २ नयाँ शाखा

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आइतबार देखि थप दुई साखा संचालनमा ल्याएको छ । पाल्पा जिल्लाको तानसेन तथा काठमाण्डौ जिल्लाको जोरपाटीमा एक एक नयाँ शाखा बिस्तार गरेको छ । ग्लोबल आइएमई बैंकले पाल्पा जिल्लामा पहिलो शाखा कार्यालय खोलेको हो भने काठमाण्डौ उपत्यका भित्र जोरपाटीमा ३५ आँै शाखा कार्यालय खोलिएको हो । २ नयाँ शाखा थप गरेसँगै बैंकको शाखा संख्या ११५ पुगेको छ ।

बैंकले शाखा मुलुकका हरेक क्षेत्र र वर्ग सम्म सेवा पुर्याउने उद्धेश्यले ७ वटै प्रदेशमा ११५ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र आजबाट ६८ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।