पर्यटन/संस्कृति

पशुपति महोत्सव आयोजना गरिने

काठमाडौँ । युवा पुस्तालाई पशुपति क्षेत्रको महत्व बुझाउने उद्देश्यले यहाँ क्रियाशील १३६ संस्थाको सहकार्यमा पहिलोपटक पशुपति महोत्सव आयोजना गरिने भएको छ ।

फागुन ३० गतेदेखि चैत ६ गतेसम्म गरिने एक हप्ते कार्यक्रममा रुद्राभिषेक, ॐ एवम् राष्ट्रिय झण्डोत्तोलन, एकलाख एक शालिग्रामको पूजन, पशुपति क्षेत्रको प्राचीन सांस्कृतिक प्रदर्शनी लगायत कार्यक्रम आयोजना गरिने महोत्सव आयोजक समितिका सचिव सागर थापाले जानकारी दिए ।

महोत्सवमा स्वदेश एवम् विदेशका लाखौँ धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजक समितिले जनाएको छ । यस क्षेत्रमा मनाइँदै आएको प्राचार्य जात्राको अवसर पारेर महोत्सव आयोजना गर्न लागिएको  आयोजित छलफल कार्यक्रममा सुनाइयो ।

प्राचार्य जात्रालाई नेपाल मण्डलकै पहिलो जात्रा मानिन्छ । महोत्सवका अवसरमा पशुपतिको धार्मिक, सांस्कृतिक, पुरातात्विक एवम् पौराणिक महत्व झल्कने कक्ष पनि राखिने जनाइएको छ ।