समाचार

मानवअधिकारको अध्यक्षमा कोजू

नगरकोट । राष्ट्रिय मानवअधिकार प्रतिष्ठान भक्तपुरका अध्यक्षमा राजेन्द्र कोजूका अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चुनेको छ ।
शनिबार सम्पन्न प्रतिष्ठानको वार्षिक साधारणसभाबाट निर्वाचित उपाध्यक्षमा नवराज घिमिरे, सचिवमा सञ्जीव खनाल र सहसचिवमा रत्नबहादुर राई तथा सदस्यमा विश्वराम दुवाल, शिवहरि खनाल र गोकर्ण दाहाल रहहेका छन् ।

सभाको उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रीय सभापति भवानी खरेलले अहिले पनि मानवाधिकारको क्षेत्र निकै जोखिमपूर्ण रहेको बताउदै मानवअधिकार रक्षाका लागि दातृ संस्थाको भर नपरी स्वतःस्फूर्त काम गर्नुपर्ने औंँल्याए । प्रतिष्ठानका महासचिव मनोज भट्टराईले मानवअधिकार सबैको अधिकार भएकाले कुनै पूर्वाग्रह नराखी काम गर्नुपर्ने बताए ।