खेलकुद

एसकेडियुएनको अध्यक्षमा दिर्जेमान निर्वाचित

काठमाण्डौ । नेपाल सोतोकान कराते संघ (एसकेडियुएन) को अध्यक्षमा धिर्जेमान तामाङ्ग निर्विरोध निर्वाचित भएका छन् । संघको दोश्रो साधारण सभाले तामाङ्गको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको हो । तामाङ्ग यस अघि यस संघको कार्यसमितिका महासचिवका साथै प्रमुख प्रशिक्षक समेत हुन् ।

संघको बरिष्ठ उपाध्यक्षमा बद्रि बहादुर महत, उपाध्यक्ष द्वयमा श्याम कृष्ण श्रेष्ठ र नारायण खड्का निर्वाचित भए । साधारण सभाले संघको महासचिवमा गोविन्द श्रेष्ठ, सचिवमा पवन कुमार थापा, कोषाध्यक्षमा बशुन्धरा तामाङ्गलाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा राजेश लामा तामाङ्ग, नविन राई, पूर्णबहादुर श्रेष्ठ, अनिल श्रेष्ठ, रिता लामा तामाङ्ग, बालकृष्ण पण्डित, निरबहादुर घलान, छोङ्गसाङ लामा र टिका नारायण श्रेष्ठ रहेका छन् ।

सवै कार्य समितिका सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

विययी सदस्यहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य मानबहादुर न्यौपानेले प्रमाण पत्र वितरण गरेका थिए । यस्तै नयाँ निर्वाचित कार्य समितिका सदस्यहरुलाई निर्वाचन अधिकृत राष्ट्रिय खेलकुद परिषद खेलकुद विकास विभागका अधिकृत चन्द्र कुमार राईले सपथ दिलाएका थिए ।

कार्यसमितिको आजै बसेको बैठकले समितिको प्रमुख सल्लाहकारमा मानबहादुर न्यौपाने, सल्लाहकारमा पूर्व अध्यक्ष रामकृष्ण महर्जन, लाई चयन गरेको छ ।

साधारण सभामा १६ जिल्लाका ३२ र कार्यसमितिका १८ गरि ५० जना प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।